फागुन २५ बाट बी डिभिजन लिग आयोजना गर्दै एन्फा

फागुन २५ बाट बी डिभिजन लिग आयोजना गर्दै एन्फा

शुक्रवार, पौष ५ २०८१
शुक्रवार, पौष ५ २०८१
  • फागुन २५ बाट बी डिभिजन लिग आयोजना गर्दै एन्फा

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा शहीद स्मारक बी डिभिजन लिगको मिति सरेको छ । यसअघि माघ १३ गतेबाट सुरु गर्ने भनिएपनि बी डिभिजन क्लबहरुले समयमा नाम दर्ता नगरेपछि नयाँ मिति तोकिएको हो ।

    एन्फा पदाधिकारी र बी डिभिजन क्लबका पदाधिकारीहरुबीच बिहीबार भएको छलफलपछि फागुन २५ गतेदेखि बी डिभिजन लिग सुरु गर्न क्लबहरु सहमत भएको एन्फाले जनाएको छ ।

    ‘एन्फा तथा बी डिभिजन क्लबहरूबीच भएको पुस ४ गते भएको छलफलपछि शहिद स्मारक बी डिभिजन लिग २०८१ प्रतियोगिताको आवश्यक तयारी लगायतका लागि थप समय आवश्यक भएकोले प्रतियोगिता फागुन २५ गतेबाट सुरु गर्ने सहमति बनेको छ’ एन्फाले भनेको छ ।

    केही क्लबहरुको कागजपत्र बाँकी रहेकोले आइतबारसम्म बुझाउनको लागि समय दिएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए । ‘बी डिभिजन क्लबलहरुले बिहीबारै सामुहिक निवेदनमार्फत क्लब दर्ता गरेका छन् । केही क्लबको कागजपत्रहरु बाँकी रहेकोले आइतबारसम्म बुझाउनेछन्’ उनले भने ।

    यसअघि ५ क्लबले मात्र नाम दर्ता गरेपनि अन्य क्लबहरुले दर्ता गराएका थिएनन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij