एनपीएल विजेताले १ करोड १० लाख र उपविजेताले ५१ लाख पाउने

एनपीएल विजेताले १ करोड १० लाख र उपविजेताले ५१ लाख पाउने

मंगलवार, पौष २ २०८१
मंगलवार, पौष २ २०८१
  • एनपीएल विजेताले १ करोड १० लाख र उपविजेताले ५१ लाख पाउने

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को पुरस्कार घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले  आज एक विज्ञप्ति जारी गर्दै एनपीएल विजेतालाई पुरस्कारको घोषणा गरेको हो ।

     विजेता टोलीले १ करोड १० लाख पुरस्कार पाउने भएको छ । उपविजेताले ५१ लाख र तेस्रो स्थानमा रहनेले २५ लाख पाउँदा चौथो हुनेले १५ लाख पुरस्कार पाउने छन् ।

    प्रतियोगिताकै उत्कृष्ट नेपाली खेलाडीलाई कार पुरस्कार दिने यसअघि नै क्यानले घोषणा गरिसकेको छ । प्रतियोगिताको पुरस्कार घोषणा आज गरिएको हो ।

    एनपीएलमा बुधबारदेखि प्लेअफका खेलहरू सुरू हुँदे छन् । सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्स शीर्ष चारमा रहँदै प्लेअफमा पुगिसकेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij