वर्षाका कारण रोकियो नेपाल र भारतबीचको खेल

वर्षाका कारण रोकियो नेपाल र भारतबीचको खेल

मंगलवार, पौष २ २०८१
मंगलवार, पौष २ २०८१
  • वर्षाका कारण रोकियो नेपाल र भारतबीचको खेल

    काठमाडौं । यु–१९ एसिया कपअन्तर्गत समूह चरणको अन्तिम तथा दोस्रो खेल वर्षाका कारण रोकिएको छ। नेपालले भारतलाई जितका लागि ९५ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

    जवाफमा भारतले ३.१ ओभरमा बिना विकेटको क्षतिमा २८ रन बनाउँदा वर्षाले खेल रोकिएको हो। भारतका लागि गोंगाडी तृषाले १७ रन बनाउँदा जी कामिलिनी ८ रनमा अविजित रहेकी छन्।

    टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९४ रन बनाएको हो। नेपालका लागि कप्तान पूजा महतोले २५ रन बनाउनु सर्वाधिक रनका रुपमा रह्यो। उनी आयुषी शुक्लाद्वारा रनआउट भएकी थिइन्।

    त्यस्तै, थप दोहोरो स्कोरका रुपमा अलिशा कुमारी यादवले ९ बलमा २० रनको सानदार अविजित इनिङ्स खलिन्। अन्यको प्रदर्शन भने गतिलो रहेन।

    भारतका लागि परुनिका सिसोडियाले ४ विकेट लिँदा अन्नदिता किशोर र मिथिलाले १–१ विकेट लिए।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij