काठमाडौं । यू–१९ महिला एसिया कप टी–२० क्रिकेटमा नेपालले अहिले भारतसँग खेलिरहेको छ ।
मलेसियाको क्वालालम्पुरमा नेपालले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ । यो खेललाई निकै प्रतिक्षाका साथ हेरिएको छ । किनकि नेपालले पाकिस्तानमाथि जित हासिल गरी सनसनी मच्याइसकेको छ ।
समूह ए को नेपालले सोमबार पाकिस्तानमाथि शानदार जित हासिल गर्दै सुपर फोरमा स्थान बनाइसकेको छ ।
नेपालले पाकिस्तानलाई ६ विकेटले हराएको हो ।