७० लाख रुपैया बराबरको लत्ताकपडासहित ट्रक नियन्त्रणमा

७० लाख रुपैया बराबरको लत्ताकपडासहित ट्रक नियन्त्रणमा

सोमवार, फाल्गुण १४ २०८०
सोमवार, फाल्गुण १४ २०८०
  • ७० लाख रुपैया बराबरको लत्ताकपडासहित ट्रक नियन्त्रणमा
    काठमाडौँ । पर्साको वीरगञ्ज महानगरपालिका–२५ बहुअरीबाट यही फागुन १२ गते राति सशस्त्र प्रहरीले शङ्कास्पद विलबिजक भएको ७०  लाख बराबरको लत्ताकपडा र ट्रक नियन्त्रणमा लिएको छ ।
     
    वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको ना८ख ३९७८ नम्बरको ट्रकमा लोड गरी ल्याउँदै गरेको लत्ताकपडाको  विलबिजक शङ्कास्पद देखिएपछि  प्रस्तावित सीमा सुरक्षा गुल्म अलौले ट्रकसहित  नियन्त्रणमा लिएको हो । लत्ताकपडाको ७० लाख र  ट्रकको अन्दाजी मूल्य रु ४० लाख मूल्याङ्कन गरी  आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij