काठमाडौं । काठमान्डु गुर्खाजनले विराटनगर किङ्ग्सलाई पराजित गरेको छ । एनपीएल अन्तर्गत आज भएको खेलमा काठमान्डुले विराटनगरलाई १ विकेटले पराजित गरेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १९.५ ओभरमा अल आउट हुँदै ११७ रन बनाएको थियो । जितका लागि ११८ रनको लक्ष्य पाएको काठमान्डुले १८.१ ओरमा ९ विकेट गुमाएर पुरा गर्यो ।
काठमान्डुका लागि प्रतिक श्रेष्ठले सर्वाधिक ३९ रनको योगदान दिए । माइकल लेभिटले १०, जेरार्ड एरास्मर्सले १२, रसिद खानले १४, शंकर रानाले १६ र दीपेश कँडेलले ११ रनको योगदान दिए ।
बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । अनिल खरेल, बसिद अहमद र क्रिस सोलले दुई/दुई विकेट लिए ।
विराटनगरका लागि राजेश पुलामीले सर्वाधिक २५ रन बनाए । उनले २१ बलमा एक छक्का र एक चौकाप्रहार गर्दै २५ रन बनाएका हुन् । दीपक बोहराले २०, स्कट एडवर्ड्सले १५, बसिर अहमदले १३ र निकोलस किर्टनले १२ रन जोडे ।
विराटनगरका लागि लोकेश बमले आठ, सुवास भण्डारीले छ, इस्मत आलमले पाँच र क्रिस सोलले एक रनको योगदान दिए । यो खेलमा विराटनगरले अतिरिक्त १२ रन प्राप्त गरेको छ ।
बलिङतर्फ काठमाडौँका लागि गेरहार्ड इरास्मसले सर्वाधिक तीन विकेट हात पारे । यस्तै, दिपेश कँडेलले दुई विकेट लिँदा कप्तान करण केसी, शाहब आलम र डेन डउथवेटले एक/एक विकेट लिए ।