काठमाडौं । चितवनले जनकपुरलाई १८१ रनको लक्ष्य लिएको छ । एनपीएल अन्तर्गत आज भएको खेलमा चितवन राइनोजले १८० रन बनाएर जनकपुर बोल्टसलाई १८१ रनको लक्ष्य दिएको हो ।
टस जितेर पहलिे ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८० रनको योग बनायो । चितवनका लागि कप्तान कुशल मल्लले अर्धशतक बनाए । उनले ४१ बलमा ७२ रनको योगदान दिए । त्यस्तै, अन्य खेलाडीहरु रवि बोपाराले ४४ रन, हसन–ए–सकिलले २८ रन र सन्तोष कार्कीले ११ रन बनाए भो अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
जनकपुरका तर्फबाट ललित राजवंशीले २ विकेट र अरनिको यादव, हर्ष थाकर र जेम्सले १–१ विकेट लिए ।