काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन् ।
टीयू मैदान कीर्तिपुरमा बिहान ९ बजे पोखरा एभेन्जर्सले काठमान्डु गुर्खाजको सामना गर्दैछ । प्लेअफ सम्भावलाई जिवित राख्न दुवै टोलीलाई उक्त खेल महत्त्वपूर्ण हुनेछ ।
दोस्रो खेलमा चितवन राइनोजले प्लेअफमा पुगिसकेको जनकपुर बोल्ट्सको सामना गर्दैछ । तालिकाको चौथो स्थानमा रहेको चितवनलाई पनि प्लेअफ सम्भावना जिवित राख्न आजको खेल महत्वपूर्ण हुनेछ । उसको यो अन्तिम खेल पनि हो ।
यद्यपि लिगमा बलियो सावित जनकपुर उसका लागि कम चुनौतिपूर्ण हुने छैन । चितवनले अघिल्ला खेलहरूमा फराकिलो जित पनि निकालेको छ ।