काठमान्डुले जनकपुरलाई दियो १०२ रनको लक्ष्य

काठमान्डुले जनकपुरलाई दियो १०२ रनको लक्ष्य

बिहिवार, मंसिर २७ २०८१
बिहिवार, मंसिर २७ २०८१
  • काठमान्डुले जनकपुरलाई दियो १०२ रनको लक्ष्य

    काठमाडौं । काठमान्डु गुर्खाजले जनकपुर बोल्टसलाई १०२ रनको लक्ष्य दिएको छ । एनपीएल अन्तर्गत आजको खेलमा काठमान्डुले १०१ रन बनाएर १०२ रनको लक्ष्य दिएको हो । 

    टस जितेर पहिले ब्याटिङ रोजेको काठमान्डुले १९.३ ओभरमा सबै विकेट गुमाएर १०१ रनको योग बनायो । काठमान्डुका लागि गेरहार्ड इरासमसले २०, करण केसीले १९ र स्टेफोन इस्कीनाजिले १७ रनको योगदान दिँदा अन्य खेलाडीले भने दोहोरो अंक जोड्न सकेनन् । 

    जनकपुरका लागि ललित राजवंशी र शेर मल्लले ३–३ विकेट लिए । त्यस्तै, मोहम्मद मोसिनले २ विकेट र अरनिको यादव र किशोर महतोले १–१ विकेट लिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij