विराटनगरले पोखरालाई दियो १४० रनको लक्ष्य

विराटनगरले पोखरालाई दियो १४० रनको लक्ष्य

बिहिवार, मंसिर २७ २०८१
बिहिवार, मंसिर २७ २०८१
  • विराटनगरले पोखरालाई दियो १४० रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य दिएको छ। 

    कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार दिनको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले ७ विकेटको क्षतिमा १३९ रन बनाएको हो ।

    विराटनगरका लागि यसै खेलबाट एनपीएलमा डेब्यु गरेका नेदरल्याण्ड्सका कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ४५ रन बनाए । उनले ३५ बल खेल्दै ५ चौका प्रहार गरे । ओपनर लोकेश बमले २६ र निकोलस किर्टोनले १९ रन जोडे ।

    बसिर अहमदले २० बल खेल्दै १ छक्का मदतमा अविजित २१ रन बनाए ।

    पोखराका लागि बलिङम सागर ढकालले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । रेमोन रेइफरले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए ।

    जारी एनपिएलमा पोखरा र विराटनगरले यसअघि चार ÷चार खेल खेल्दा एक÷एक खेलमा मात्र जित निकाल्न सकेका छन्।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij