एनपीएल : आज पोखरा र विराटनगर तथा जनकपुर र काठमाडौं खेल्दै

एनपीएल : आज पोखरा र विराटनगर तथा जनकपुर र काठमाडौं खेल्दै

बिहिवार, मंसिर २७ २०८१
बिहिवार, मंसिर २७ २०८१
  • एनपीएल : आज पोखरा र विराटनगर तथा जनकपुर र काठमाडौं खेल्दै

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा बिहान नौ बजे पोखरा एभेन्जर्स र विराटनगर किंग्स खेल्दैछन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने आजको दोस्रो खेलमा दिउँसो एक बजे जनकपुर बोल्ट्स र काठमाडौं गुर्खाज खेल्दैछन् ।

    एनपीएलमा अहिलेसम्म १९ वटा खेल सम्पन्न भएका छन् । सुदूरपश्चिम रोयल्स पाँच खेलमा आठड अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । जनकपुरले पनि पाँच खेलमा ८ अङ्क जोडे पनि नेट रन रेटका आधारमा दोस्रो स्थानमा छ ।

    काठमाडौं चार खेलमा चार अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ । समान चार खेल खेलेका पोखरा र विराटनगर एउटा खेलमा जीत र तीन वटामा हार बेहोरेर तालिकाको पुछारमा छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij