यु–१९ महिला एसिया कपका लागि पुजाको कप्तानीमा नेपाली टोलीको घोषणा

यु–१९ महिला एसिया कपका लागि पुजाको कप्तानीमा नेपाली टोलीको घोषणा

मंगलवार, मंसिर २५ २०८१
मंगलवार, मंसिर २५ २०८१
  • यु–१९ महिला एसिया कपका लागि पुजाको कप्तानीमा नेपाली टोलीको घोषणा

    काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा शनिबारदेखि सुरु हुने एसिसी यु–१९ महिला एसिया कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा गरेको छ । क्यानले सोमबार राति पूजा महतोको कप्तानीमा १५ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो । 

    टोलीमा गत महिला भएको विश्वकप छनोट खेलमा रहेकी मनीषा उपाध्यायलाई समावेश गरिएको छैन । किरणकुमारी कुवँर र अनु कडायतले टोलीमा स्थान बनाएका छन् ।

    पहिलो पटक आयोजना हुन लागेको यु–१९ महिला एसिया कपमा नेपाल समूह ‘बी’ मा छ । यस समूहमा भारत र पाकिस्तानसँगै छ । नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग पुस १ गते र भारतसँग पुस २ गते खेल्नेछ । 

    यस्तै समूह ‘ए’ मा श्रीलङ्का, बङ्गलादेश र मलेसिया रहेको छ ।  एसियाबाट यु–१९ महिला विश्व कपमा छनोट भएकाले नेपालले एसिया कप खेल्ने मौका पाएको हो ।

    यु–१९ महिला विश्वकप सन २०२५ को जनवरीमा मलेसियामै आयोजना हुँदैछ । विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ । यस समूहमा अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्यान्ड छ । 

    नेपाली यु–१९ टोली

    पूजा महतो (कप्तान), सोनी पाख्रिन, किरनकुमारी कुवँर, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, तृषना विक, रिया शर्मा, अलिशाकुमारी यादव, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी र अनु कडायत।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij