लुम्बिनीमाथि जनकपुरको १ रनको रोमाञ्चक जित, लुम्बिनीको प्लेअफ सम्भावना कठिन

लुम्बिनीमाथि जनकपुरको १ रनको रोमाञ्चक जित, लुम्बिनीको प्लेअफ सम्भावना कठिन

आइतवार, मंसिर २३ २०८१
आइतवार, मंसिर २३ २०८१
  • लुम्बिनीमाथि जनकपुरको १ रनको रोमाञ्चक जित, लुम्बिनीको प्लेअफ सम्भावना कठिन

    काठमाडौं । एनपीएलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई हराएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार भएको खेलमा जनकपुरले लुम्बिनीलाई १ रनले हराएको हो ।

    यससँगै लुम्बिनीको प्लेअफ सम्भावना कठिन भएको छ । यता, जनकपुरले अंकतालिकामा बलियो रुपमा प्रस्तुत गरेको छ ।

    जनकपुरले दिएको १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनी पूरै ओभरमा ८ विकेट गुमाउँदै १३५ रनमा समेटियो ।

    लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले ३५ रन जोड्दा टम मोरिसले ३१ रनको योगदान गरे ।

    ओपनर अजुर्न साउदले २० र सन्दीप जोराले १६ रन बनाउनुबाहेक अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् ।

    जनकपुरका लागि हर्ष थाकेरले ५ विकेट लिए ।

    यसअघि जनकपुरले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा १३६ रन बनाएको थियो ।

    जनकपुरका लागि कप्तान अनिल साहले ४५ रन बनाए । उनले ३९ बलमा १ चौका र ४ छक्का प्रहार गरे ।

    शुभ कंसकारले २२ रनमा अविजित रहे । लाहिरु मिलन्थाले २४ र आसिफ शेखले १६ रन बनाए ।

    लुम्बिनीका लागि अभिशेष गौतमले ३, साद बिन जफर र रोहित कुमार पौडेलले २–२ तथा सन्दीप जोराले १ विकेट लिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij