काठमाडौं । सुदूरपश्चिम रोयल्सले काठमान्डु गुर्खाजलाई १६८ रनको लक्ष्य दिएको छ । नेपाल प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनले अर्धशतक बनाए । उनले ३६ बलमा ५३ रनको योगदान दिए । त्यस्तै, दिपेन्द्र सिंह ऐरीले ४३ रन, विनोद भण्डारीले ३५ रन र शैफ जैबले ११ रनको योगदान दिए । अन्य खेलाडीले भने दोहोरो अंक जोड्न सकेनन् ।
काठमान्डु गुर्खाजका लागि रासिद खानले २ विकेट र करण केसी, शाहब आलम र इरासमसले एक एक विकेट लिए ।