जनकपुर बोल्ट्सको लगातार तेस्रो जित, पोखरा ७ विकेटले पराजित

जनकपुर बोल्ट्सको लगातार तेस्रो जित, पोखरा ७ विकेटले पराजित

बिहिवार, मंसिर २० २०८१
बिहिवार, मंसिर २० २०८१
  • जनकपुर बोल्ट्सको लगातार तेस्रो जित, पोखरा ७ विकेटले पराजित

    काठमाडौं ।  जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित हात पारेको छ ।  जनकपुरले बिहीबार पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गरेको हो । पोखरा भने लगातार दोस्रो खेलमा पराजित भयो। 

    कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार दिनको पहिलो खेलमा पोखराले दिएको १३९ रनको सामान्य लक्ष्य जनकपुरले ३ विकेटको क्षतिमा १७.१ ओभरमै पूरा गर्‍यो।

    पोखराका लागि अलराउन्डर जिमी निशमले नटआउट ४० रन जोडे। उनले २० बलमा ५ छक्का प्रहार गरे।  मिलान्थाले ३२ बल खेल्दै ८ चौका मद्तमा सर्वाधिक ४५ रन बनाए । यस्तै नीशमले २० बल खेल्द ५ छक्का मदतमा अविजित ४० रन जोडे । आसिफ शेखले ३४ बलमा ३३ रन बनाए । हर्श थाकरले १३ रन जो८ । कप्तान अनिल शाह १ रनमा आउट भए ।

    पोखराका लागि विपिन खत्री, कुशल भुर्तेल र माइकल लिस्कले समान १ विकेट लिए ।

    त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३८ रन बनाएको थियो । पोखराका लागि म्याट क्रिटलेले ३० बल खेल्दै ३ चौका र १ छक्का मद्तमा सर्वाधिक ३५ रन बनाए । माइकल लिस्कले २५, आन्द्रेस गौसले २० तथा रेमोन रेइफरले १७ रन जोडेका थिए ।

    बलिङमा जनकपुरका ललित राजवंशीले सर्वाधिक ३ विकेट लिए । उनले ४ ओभरमा ३१ रन खर्चिए । जिमी नीशमले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए ।

    किफायती बलिङ गरेका मोहमम्द मोहसिनले ४ ओभरमा १ मेडन राख्दै १७ रन रख्चर १ विकेट लिए । किशोर महतोले पनि १ विकेट लिए । उनले ४ ओभरमा ३२ रन खर्चिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij