लुम्बिनी लायन्सले विराटनगर किङ्गलाई दियो १९२ रनको विशाल लक्ष्य

लुम्बिनी लायन्सले विराटनगर किङ्गलाई दियो १९२ रनको विशाल लक्ष्य

बुधवार, मंसिर १९ २०८१
बुधवार, मंसिर १९ २०८१
  • लुम्बिनी लायन्सले विराटनगर किङ्गलाई दियो १९२ रनको विशाल लक्ष्य

    काठमाडौं । लुम्बिनी लायन्सले विराटनगर किङ्गलाई १९२ रनको विशाल लक्ष्य दिएको छ । नेपाल प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा लुम्बिनीले ७ विकेटको क्षतिमा १९१ रन बनाएको हो । 

    टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९१ रन बनायो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४६ रनको योगदान दिए । त्यस्तै, टम मूरेसले ३० रन, विवेक यादवले १९ रन, अर्जुन साउदले १७ रन, आशुतोष घिरैया र साद बिन जफारले १५–१५ रन र सन्दिप जोराले १२ रनको योगदान दिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij