एनपीएलमा काठमान्डु गुर्खाजको पहिलो जित, कर्णाली याक्स ३ विकेटले पराजित

एनपीएलमा काठमान्डु गुर्खाजको पहिलो जित, कर्णाली याक्स ३ विकेटले पराजित

बुधवार, मंसिर १९ २०८१
बुधवार, मंसिर १९ २०८१
  • एनपीएलमा काठमान्डु गुर्खाजको पहिलो जित, कर्णाली याक्स ३ विकेटले पराजित

    काठमाडौं । नेपाल प्रिमियर लिगमा काठमान्डु गुर्खाजले पहिलो जित हात पारेको छ । एनपीएलमा आज भएको खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराउँदै काठमान्डुले पहिलो जित हात पारेको हो । 

    कर्णालीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४९ रन बनाएको थियो । जितका लागि १५० रनको लक्ष्य पाएको काठमान्डुले १९.३ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो । 

    काठमान्डुका लागि सुमित महर्जनले ४० रन, इरासमसले ३८ रन, करण केसीले २८ रन र लेभिटले २२ रन लिए भने अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन् । 

    यसअघि भएको खेलमा काठमान्डु चितवन राइनोजसंग ५ विकेट र कर्णाली जनकपुर बोल्ट्ससंग ८ विकेटले पराजित भएका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij