चितवनले पोखरालाई दियो १६२ रनको लक्ष्य, बोपाराको अर्धशतक

चितवनले पोखरालाई दियो १६२ रनको लक्ष्य, बोपाराको अर्धशतक

मंगलवार, मंसिर १८ २०८१
मंगलवार, मंसिर १८ २०८१
  • चितवनले पोखरालाई दियो १६२ रनको लक्ष्य, बोपाराको अर्धशतक

    काठमाडौं । चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १६२ रनको लक्ष्य दिएको छ । नेपाल प्रिमियर लिगकाे आजकाे खेलमा 
    चितवनले ७ विकेट गुमाएर १६१ रन बनाएको हो ।

    टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले बोपाराको ५१ रन मदतमा ७ विकेट गुमाएर १६१ रन बनाएको हो ।

    ३८ बल खेलेका बोपाराले ३ चौका र ३ छक्का प्रहार गरे । यस्तै कप्तान कुशल मल्लले २३ बल खेल्दै १ चौका र ४ छक्का मदतमा ३८ रन बनाए ।

    लुक बेन्केन्सटेइनले १६ र हसन इसाखिलले १४ रन बनाए । शरद भेषावकर ११ रनमा अविजित रहे ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij