काठमाडौं । कर्णाली याक्सविरुद्ध जनकपुर बोल्टसका अनिल शाहले अर्धशतक पुरा गरेका छन् । नेपाल प्रिमियर लिग अन्तर्गतको आजको खेलमा शाहले ३५ बलमा ५३ रन बनाएर अर्धशतक पुरा गरेका हुन् ।
टस हारेर पहिले ब्याटिङ रोजेको कर्णालीले २० ओभरमा ७ विकेट गुमाएर १४१ रन बनाएको थियो । जितका लागि १४२ रनको लक्ष्य पछ्याएको जनकपुरले अहिले १३ औं ओभरमा २ विकेट गुमाएर खेलिरहेको छ ।