काठमाडौं । कर्णाली याक्सले जनकपुर बोल्टसलाई १४२ रनको लक्ष्य दिएको छ । नेपाल प्रिमियर लिग अन्तर्गको तेस्रो खेलमा आज कर्णाली याक्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४१ रन बनाएको हो ।
टस जितेर हिले ब्याटिङ रोजेको कर्णालीका लागि गुल्शन झाले ३६ रन, अर्जुन घर्तीले ३३ रन, सोमपाल कामीले २९ रन, शेखर धवनले १४ रन र बाबर हायातले १२ रन बनाए । अन्य खेलाडीले भने दोहोरो अंक जोड्न सकेनन् ।