टस जितेर जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै कर्णाली याक्सले

टस जितेर जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै कर्णाली याक्सले

सोमवार, मंसिर १७ २०८१
सोमवार, मंसिर १७ २०८१
  • टस जितेर जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै कर्णाली याक्सले

    काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो खेलमा कर्णाली याक्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा जनकपुर बोल्टस्‌विरुद्ध कर्णाली याक्सका कप्तान सोमपाल कामीले टस जितेर पहिले ब्याटिङको निर्णय गरेका हुन् ।

    कर्णालीमा शिखर धवन, बाबर हायात, चाडविक वाल्टन र जीशान मकसुद छन् । जनकपुर बोल्टस्‌ले शनिबार विराटनगर किंग्सलाई पराजित गरेर लिगमा २ अंक जोडिसकेको छ । जनकपुरको कप्तानी अनिल शाहले सम्हालिरहेका छन् । कर्णाली याक्सका कप्तान सोमपाल कामी रहेका छन् । 

    आजै बिहान भएको दोस्रो दिनको खेलमा काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गर्दै चितवन राइनोजले विजयी सुरुआत गरेक छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij