काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गरेका चितवन राइनोजका बलर सोहेल तानबिर ‘प्लेयर अफ द म्याच’ बनेका छन् ।
उनले काठमाडौं गुर्खाजविरुद्ध ५ विकेट लिएका थिए । यससँगै उनले ५० हजार रुपैयाँ पुरस्कार पाएका छन् ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा चितवनले काठमाडौंलाई ५ विकेटले पराजित गरेको हो ।
काठमाडौंले दिएको १११ रनको लक्ष्य चितवनले १७.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।