काठमान्डु गुर्खाजले चितवनलाई दियो ११२ रनको लक्ष्य,  तनवीर एक्लैले लिए ५ विकेट

काठमान्डु गुर्खाजले चितवनलाई दियो ११२ रनको लक्ष्य,  तनवीर एक्लैले लिए ५ विकेट

सोमवार, मंसिर १७ २०८१
सोमवार, मंसिर १७ २०८१
  • काठमान्डु गुर्खाजले चितवनलाई दियो ११२ रनको लक्ष्य,  तनवीर एक्लैले लिए ५ विकेट

    काठमाडौं । काठमान्डु गुर्खाजले जारी नेपाल प्रिमियर लिगमा चितवन राइनोजलाई ११२ रनको लक्ष्य दिएको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको चितवनले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको काठमाडौंले ९ विकेटको क्षतिमा १११ रन मात्र जोड्न सक्यो।

    ३९ वर्षे भेट्रान बलर सोहेल तानभीरले आफ्नो चार ओभर कोटामा २१ रन खर्चेर ५ विकेट लिएका छन् । यसैगरी चितवनका लागि रिजन ढकाल, लुक बेनकेन्स्टेन, अमर रौतेला र कुशल मल्लले एक–एक विकेट लिए ।

    काठमान्डुको कप्तानी करण केसीले सम्हालिरहेका छन् भने चितवन राइनोजलाई कप्तानी कुशल मल्लले सम्हालेका छन् ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij