एनपीएल : आज काठमाडौंसँग चितवन र जनकपुरसँग कर्णाली भिड्दै

एनपीएल : आज काठमाडौंसँग चितवन र जनकपुरसँग कर्णाली भिड्दै

सोमवार, मंसिर १७ २०८१
सोमवार, मंसिर १७ २०८१
  • एनपीएल : आज काठमाडौंसँग चितवन र जनकपुरसँग कर्णाली भिड्दै

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदै छन् । 

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं गुर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदै छ । प्रतियोगितामा दुवै टिमको यो पहिलो खेल हो । यी दुई टिमबीचको खेल बिहान ९ बजेदेखि सुरु हुनेछ ।

    यस्तै, प्रतियोगिताको दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा जनकपुरको यो दोस्रो खेल हो । जनकपुरले यसअघि उद्घाटन खेलमा विराटनगर किंग्स्विरुद्ध आठ विकेटको सहज जित निकालेको थियो । 

    कर्णालीको भने प्रतियोगिताको पहिलो खेल हो । दुवै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । 

    मंसिर १५ गतेदेखि सुरु भएको प्रतियोगितामा कुल आठ टिमको सहभागिता छ । २१ दिनसम्म चल्ने प्रतियोगिताको फाइनल खेल पुस ६ गते हुनेछ ।
     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij