यू–१९ एशिया कप : नेपालले बंगलादेशलाई दियो १४२ रनको लक्ष्य

यू–१९ एशिया कप : नेपालले बंगलादेशलाई दियो १४२ रनको लक्ष्य

आइतवार, मंसिर १६ २०८१
आइतवार, मंसिर १६ २०८१
  • यू–१९ एशिया कप : नेपालले बंगलादेशलाई दियो १४२ रनको लक्ष्य

    काठमाडौं । यू–१९ एसिया कप क्रिकेटमा नेपालले बंगलादेशलाई १४२ रनको सामान्य लक्ष्य दिएको छ । यूएई दुबई क्रिकेट स्टेडियममा जारी खेलमा नेपाल ४५.४ ओभर १४१ रन बनाएर अलआउट भएको हो ।

    नेपालका लागि आकाश त्रिपाठीले सर्वाधिक ४३ रन बनाए । सो क्रममा उनले ७७ बलमा ५ चौका प्रहार गरे । उत्तम मगर र अभिषेक तिवारीले २९/२९ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

    बंगलादेशका लागि रिजन होसान र अल फाहादले २–२ विकेट लिए । टस जितेर बंगलादेशले पहिले बलिङ गर्ने निर्णय गरेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij