जनकपुरविरुद्ध विराटनगर १९ ओभरमा अलआउट

जनकपुरविरुद्ध विराटनगर १९ ओभरमा अलआउट

शनिवार, मंसिर १५ २०८१
शनिवार, मंसिर १५ २०८१
  • जनकपुरविरुद्ध विराटनगर १९ ओभरमा अलआउट

    काठमाडौं । न्युजिल्याण्डका ब्याटर मार्टिन गप्टिलले अर्धशतक बनाएपनि जनकपुर बोल्ट्सका बलरले उत्कृष्ट प्रदर्शन गरेपछि विराटनगर किंग्स नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा १२७ रनमा अलआउट भएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर १२७ रन बनाएको हो ।

    विराटनगरका लागि गप्टिलले सर्वाधिक ५५ रन बनाए । पहिलो पटक नेपालमा आएर फ्रेन्चाइज लिग खेलेका गप्टिलले ४३ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरे ।

    ६ रनमै लोकेश बमलाई पहिलो विकेटको रुपमा गुमाएको विराटनगरक लागि गप्टिल र आकिब इल्यासले ४७ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए । तर इल्यास पनि १५ रन बनाएर आउट भए ।

    त्यसपछि आएका ब्याटरले गप्टिललाई राम्रो साथ दिन सकेनन् । निकोलस किर्टोन ९, बसिर अहमद ७ र राजेश पुलामी मगर १ रनमा आउट भए ।

    जनकपुरका लागि नेपाली स्पीनर ललित राजवंशीले उत्कृष्ट बलिङ गरे । ललितले पनि ४ ओभरमा २८ रन खर्चेर सर्वाधिक ३ विकेट लिए ।
    यस्तै क्यानडियन अलराउण्डर हर्श थाकेरले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij