यु–१९ एसियाकपः श्रीलङ्काले दियो नेपाललाई २६४ रनको लक्ष्य

यु–१९ एसियाकपः श्रीलङ्काले दियो नेपाललाई २६४ रनको लक्ष्य

शुक्रवार, मंसिर १४ २०८१
शुक्रवार, मंसिर १४ २०८१
  • यु–१९ एसियाकपः श्रीलङ्काले दियो नेपाललाई २६४ रनको लक्ष्य
    काठमाडौँ । संयुक्त अरब इमिरेट्स(युएई)मा आजदेखि सुरु भएको पुरुष यु–१९ एसिया कप–२०२४ को पहिलो खेलमा श्रीलङ्काले नेपाललाई जीतका लागि दुुई सय ३४ रनको लक्ष्य दिएको छ । 
     
    युएईको शारजहास्थित शारजहा क्रिकेट रङ्गशालामा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलङ्काले ५० ओभरमा सबै विकेट गुमाएर दुुई सय ३३ रन बनाएको हो । 
     
    श्रीलङ्काका लागि शरुजन षणमुगनाथनले सर्वाधिक ६२ रन बनाए । उनले ९९ बलमा दुई चौकाको मद्दतले ६२ रन बनाएका हुन् । लकविन अवेसिङ्घेले ५० रनको योगदान दिए । उनले ५३ बलमा एक छक्का र दुई चौकासमेत प्रहार गरे । दुल्निथ सिगेरा र विमथ दिनसाराले समान २४/२४ रन बनाए । 
     
    श्रीलङ्काका लागि कविजा गमागेले नटआउट ३७ रनको योगदान दिए । त्यस्तै, कप्तान विहास थेवमिकाले तीन, कुगदास मथुलन, पुलिन्दु परेरा र प्रवीण मनिषाले समान दुई/दुई रन बनाए । विरन चामुदिथाले एक रन पनि जोड्न सकेनन् । 
     
    नेपालका लागि सन्तोष यादवले सर्वाधिक ४ विकेट लिए । यस्तै, युवराज खत्रीले दुई, हेमन्त धामी र नरेन साउदले समान एकरएक विकेट हात पारे । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij