सामाजिक सञ्जालबाट चरित्रहत्या गरेको अभियोगमा किरण थापा पक्राउ

सामाजिक सञ्जालबाट चरित्रहत्या गरेको अभियोगमा किरण थापा पक्राउ

शुक्रवार, फाल्गुण ११ २०८०
शुक्रवार, फाल्गुण ११ २०८०
  • सामाजिक सञ्जालबाट चरित्रहत्या गरेको अभियोगमा किरण थापा पक्राउ

    काठमाडौँ । सामाजिक सञ्जालबाट महिलाको चरित्रहत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका–४का २७ वर्षीय किरण थापा रहेका  छन् । 

    अभियुक्तले ती महिलासँग सुसम्बन्ध रहेका बेला खिचिएका अन्तरङ्ग तस्बिर र भिडियो निजसँग सम्बन्ध बिग्रिएपछि सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरबाट महिलाका परिवारलाई पठाएर चरित्रहत्या गरेका केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।

    प्रहरी प्रधान कार्यालय साइबर ब्युरोको टोलीले गरेको अनुसन्धान तथा प्राविधिक विश्लेषणबाट अभियुक्तले सामाजिक सञ्जालको दुरुपयोग गरेको पुष्टि भएपछि थापालाई गोङ्गबुबाट पक्राउ गरिएको हो। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij