क्यानले स्टार स्पोर्ट्ससँग राष्ट्रिय हितविपरीत सम्झौता गरेको भन्दै तीन संस्थाको आपत्ति

क्यानले स्टार स्पोर्ट्ससँग राष्ट्रिय हितविपरीत सम्झौता गरेको भन्दै तीन संस्थाको आपत्ति

बुधवार, मंसिर ५ २०८१
बुधवार, मंसिर ५ २०८१
  • क्यानले स्टार स्पोर्ट्ससँग राष्ट्रिय हितविपरीत सम्झौता गरेको भन्दै तीन संस्थाको आपत्ति

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रशारणका लागि भारतीय च्यानल स्टार स्पोर्ट्सलाई ठूलो रकम तिरेर गरिएको सम्झौताप्रति तीन संस्थाले आपत्ति जनाएका छन्। नेपाल विज्ञापन संघ, राष्ट्रिय विज्ञापन संघ नेपाल र मिडिया अलाइन्सले मंगलबार एक संयुक्त विज्ञप्ति जारी गर्दै उक्त सम्झौताप्रति आपत्ति जनाएका हुन् ।

    क्यानको यो कदम राष्ट्रिय हितविपरीत तथा अवैधानिक रहेको उनीहरुले दाबी गरेका छन् । एनपीएल आयोजना हुनु सुखद भएको र यसले देशको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने विज्ञप्तिमा बताइएको छ, तर यो प्रतियोगिताले नेपाल र नेपालीको हित एवं अधिकारको अवमूल्यन हुन नहुनेमा विज्ञप्तिमा जोड दिइएको छ ।

    नेपाल प्रिमियर लिगको आयोजनामा नेपाल क्रिकेट संघबाट केही अवैधानिक, गैरकानूनी र गैरव्यवसायिक तथा अनैतिक क्रियाकलापहरु जानाजान वा भुलवश हुन गएको विज्ञप्तिमा उल्लेख छ । विनाप्रतिस्पर्धा स्टार स्पोर्ट्स छनोट गरिनु गैरकानूनी भएको आरोप लगाइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij