यू–१९ अभ्यास खेलमा कर्नाटकमाथि नेपालको १२१ रनको फराकिलो जित

यू–१९ अभ्यास खेलमा कर्नाटकमाथि नेपालको १२१ रनको फराकिलो जित

आइतवार, मंसिर २ २०८१
आइतवार, मंसिर २ २०८१
  • यू–१९ अभ्यास खेलमा कर्नाटकमाथि नेपालको १२१ रनको फराकिलो जित

    काठमाडौं । यू–१९ पुरुष एसिया कप तयारीका लागि भारतको कर्नाटक यू–१९ सँग भएको तेस्रो अभ्यास खेलमा आज नेपालले फराकिलो जित निकालेको छ । यो जितसँगै जारी पाँच खेलको सिरिजमा नेपाल २–१ ले अगाडी रहेको छ । 

    मुलपानी क्रिकेट मैदानमा नेपालले १ सय २१ रनको जित दर्ता गरेको हो । जितका लागि २ सय ८३ रनको लक्ष्य पछ्याएको कर्नाटकले ४०.२ ओभरमा अलआउट हुँदै १ सय ६१ रन जोड्यो । कर्नाटकका लागि ओपनर गगन रावले सर्वाधिक ४६ रन जोडे ।

    कर्नाटकका लागि शिवले २३ रन जोड्नुबाहेक अन्य ब्याटरले खासै योगदान दिन सकेनन् । त्यसअघि टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ८२ रनको बलियो योगफल बनाएको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij