नेपालले थाइल्याण्डविरुद्व पहिले ब्याटिङ गर्ने

नेपालले थाइल्याण्डविरुद्व पहिले ब्याटिङ गर्ने

आइतवार, कार्तिक २५ २०८१
आइतवार, कार्तिक २५ २०८१
  • नेपालले थाइल्याण्डविरुद्व पहिले ब्याटिङ गर्ने
    काठमाडौँ । युनाइटेड अरब इमिरेट्स ९युएई० मा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको आफ्नो चौथोँ खेलमा नेपालले थाइल्याण्डविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । 
     
    युएईको अजमानस्थित द सेभेन स्टेडियममा आजको खेलमा नेपालले टस जितेर थाइल्याण्डविरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो । गत बुधबारदेखि सुरु एसिया छनोटमा नेपालको यो चौथौँ खेल हो । नेपालले यसअघि दुई खेलमा जित हासिल गरेको छ भने एक खेलमा पराजित भएको छ । 
     
    प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । यस्तै, आफ्नो दोस्रोमा नेपालले कुवेतलाई एक सय आठ रनले हराएको थियो । साथै तेस्रो खेलमा शनिबार घरेलु टोली युएईसँग १३ रनले पराजित भएको थियो ।  
     
    छनोट खेलमा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा छनोट हुनेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij