युएईले नेपाललाई दियो १२३ रनको लक्ष्य

युएईले नेपाललाई दियो १२३ रनको लक्ष्य

शनिवार, कार्तिक २४ २०८१
शनिवार, कार्तिक २४ २०८१
  • युएईले नेपाललाई दियो १२३ रनको लक्ष्य

    काठमाडौं । नेपालले यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत आज युएईविरुद्ध खेलिरहेको छ ।

    दुबईस्थित द सेभेन स्टेडियममा जारी यस खेलमा युएईले पहिला ब्याटिंग गर्दै नेपाललाई १२३ रनको लक्ष्य दिएको छ । युएईले २० ओभरमा ७ विकेट गुमाउदै १२२ रन बनाएको हो । 

    प्रतियोगितामा नेपाल र युएई दुवैले आफ्ना शुरुका २-२ खेल जितेका छन् । नेपाल र युएईले थाइल्याण्ड र कुवेतलाई पराजित गरेका छन् ।

    छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन् । डबल राउण्ड रोविनका आधारमा खेलाइएको यस प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यू-१९ महिला टी-२० विश्वकपमा छनोट हुनेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij