यु-१९ महिला विश्वकप छनोट: युएईविरुद्ध टस हारेर पहिले फिल्डिङ गर्दै नेपाल

यु-१९ महिला विश्वकप छनोट: युएईविरुद्ध टस हारेर पहिले फिल्डिङ गर्दै नेपाल

शनिवार, कार्तिक २४ २०८१
शनिवार, कार्तिक २४ २०८१
  • यु-१९ महिला विश्वकप छनोट: युएईविरुद्ध टस हारेर पहिले फिल्डिङ गर्दै नेपाल

    काठमाडौं । युएईमा जारी महिला यु-१९ टी-२० विश्वकपको एसिया क्षेत्र छनोटको आफ्नो तेस्रो खेलमा नेपालले घरेलु टोली युएईविरुद्ध टस हारेको छ । शनिबार युएईको अजमान स्थित द सेभेन स्टेडियममा युएइले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो। यो नेपाल र युएई दुवैको तेस्रो खेल हो ।

    दुवै टोलीले थाइल्याण्ड र कुवेतमाथि फराकिलो अन्तरले हराएर अपराजित रहेका छन्। त्यसैले विश्वकप छनोटमा यि दुई टोलीबिचको विजेताले बाजी मार्ने सम्भावना बलियो छ ।

    नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रन र दोस्रोमा कुवेतलाई १ सय ८ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

    युएईले पनि पहिलो खेलमा कुवेतलाई १ सय ६ रन दोस्रो खेलमा थाइल्याण्डलाई ७४ रनले पराजित गर्दै राम्रो सुरुवात गरेको थियो ।

    २९ कात्तिकसम्म चल्ने प्रतियोगितामा नेपाल, घरेलु टोली युएइ, कुवेत र थाइल्याण्ड सहभागी रहेका छन्। नेपालको चौथो खेल २५ कात्तिकमा थाइल्यान्डसँग खेल्नेछ ।

    डबल राउन्ड रोविनका आधारमा जारी प्रतियोगितामा पाँचौं खेलमा कात्तिक २७ गते कुवेतसँग खेल्दा अन्तिम खेलमा २८ कात्तिकमा नेपालले युएइको सामना गर्नेछ ।

    छनोटको शीर्ष टोली अर्को वर्ष मलेसियामा हुने टी-२० विश्वकपका लागि छनोट हुनेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij