आईसीसी यू–१९ महिला विश्वकपमा नेपालको दोस्रो जित, कुवेत २२ रनमै अलआउट

आईसीसी यू–१९ महिला विश्वकपमा नेपालको दोस्रो जित, कुवेत २२ रनमै अलआउट

बिहिवार, कार्तिक २२ २०८१
बिहिवार, कार्तिक २२ २०८१
  • आईसीसी यू–१९ महिला विश्वकपमा नेपालको दोस्रो जित, कुवेत २२ रनमै अलआउट

    काठमाडौं । आइसिसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपाल विजयी भएको छ । आज भएको खेलमा नेपालले कुवेतलाई हराउँदै दोस्रो जित निकालेको हो ।

    नेपालले दिएको १३१ रनको लक्ष्य पच्छ्याएको कुवेत १३ औँ ओभरमा २२ रनमै अलआउट भयो । यससँगै नेपालले कुवेतमाथि १०८ रनको फराकिलो जित निकाल्न सफल भयो ।

    युएईको अजमानस्थित द सेभेन क्रिकेट रङ्गशालामा आज टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३० रन बनाएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij