यु–१९ महिला टि–२० विश्वकपः नेपालद्वारा एक सय ३१ रनको लक्ष्य प्रस्तुत

यु–१९ महिला टि–२० विश्वकपः नेपालद्वारा एक सय ३१ रनको लक्ष्य प्रस्तुत

बिहिवार, कार्तिक २२ २०८१
बिहिवार, कार्तिक २२ २०८१
  • यु–१९ महिला टि–२० विश्वकपः नेपालद्वारा एक सय ३१ रनको लक्ष्य प्रस्तुत
    काठमाडौँ । आइसिसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपालले कुवेतलाई जितका लागि एक सय ३१ रनको लक्ष्य दिएको छ । संयुक्त अरब इमिरेट्स (युएई)को अजमानस्थित द सेभेन क्रिकेट रङ्गशालामा आज टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३० रन बनाएको हो । 
     
    नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक ३४ रन बनाइन् । उनले ३८ बलमा चार चौका प्रहार गर्दै सर्वाधिक ३४ रन बनाएकी हुन् । साना प्रवीणले १८ बलमा २५ रन बनाइन् । उनले सो क्रममा पाँच चौका प्रहार गरेकी थिइन् ।
     
    ज्योत्सिन्का मरासिनीले १८ बलमा एक चौकाको मद्दतले २३ रन बनाइन् । नेपालका लागि सावित्री धामी र सोनी पाख्रिनले समान छरछ रन बनाए भने सीमा केसीले चार रन बनाइन् । कृश्मा गुरुङले एक रनको योगदान दिइन् भने रचनाकुमारी चौधरी र रिया शर्माले भने एक रन पनि जोड्न सकेनन् । 
     
    कुवेतका लागि आयशा इकबाल पेवेकरले दुई विकेट लिइन् । जिफा जिलानी र अमिषाराम ओलाचेरीले समान एकरएक विकेट लिए । छनोट खेलमा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा छनोट हुनेछ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij