महिला यू-१९ विश्वकपको एसिया क्वालिफायरमा नेपालको विजयी सुरुवात

महिला यू-१९ विश्वकपको एसिया क्वालिफायरमा नेपालको विजयी सुरुवात

बुधवार, कार्तिक २१ २०८१
बुधवार, कार्तिक २१ २०८१
  • महिला यू-१९ विश्वकपको एसिया क्वालिफायरमा नेपालको विजयी सुरुवात

    काठमाडौं । महिला यू-१९ विश्वकपको एसिया क्वालिफायरमा नेपालले विजयी सुरुवात गरेको छ । २०२५ मा हुने महिला यू-१९ विश्वकपका लागि एसिया क्वालिफायरको पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनले पराजित गरेको हो ।

    नेपालले दिएको १०३ रनको लक्ष्य पछाएको थाइल्याण्डले १३.४ ओभरमा अल आउट हुँदै केवल ३५ रन बनाएको थियो । 

    नेपालले अब दोस्रो खेल बिहीबार कुवेतसँग खेल्ने छ भने शनिबार युएईविरुद्ध खेल्ने तालिका रहेको छ । त्यस्तै आइतबार फेरी थाइल्याण्डसँग, मंगलबार कुवेतसँग र बुधबार युएईविरुद्ध खेल्ने छ ।  

    विश्वकप क्वालिफायर खेल्ने नेपाली टिममा पुजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), अलिशा यादव (विकेटकिपर), मनिषा उपाध्याय, क्रिश्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, त्रिशना बिक, रिया शर्मा, कुसुम गोदार, सीमाना केसी, ज्योत्स्निका मरासिनी र रचना चौधरी रहेका छन् ।

    क्वालिफायरमा शीर्ष स्थानमा रहने देश विश्वकपका लागि छनौट हुने छ ।  चार देशले एक अर्का विरुद्ध २-२ खेल खेलेपछि शीर्ष स्थानमा रहने देश विश्वकपका लागि छनौट हुने छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij