बलम्बु प्रहरी प्रभागमा गोली चल्यो, इन्स्पेक्टरका बडिगार्ड घाइते

बलम्बु प्रहरी प्रभागमा गोली चल्यो, इन्स्पेक्टरका बडिगार्ड घाइते

आइतवार, फाल्गुण ६ २०८०
आइतवार, फाल्गुण ६ २०८०
  • बलम्बु प्रहरी प्रभागमा गोली चल्यो, इन्स्पेक्टरका बडिगार्ड घाइते

    काठमाडौं । प्रहरी प्रभाग बलम्बुमा पेस्तोल पड्किदा एक प्रहरी घाइते भएका छन् । आइतबार साँझ ५ बजेतिर प्रभाग प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठको पेस्तोल पड्किँदा एक उनकै अंगरक्षक र एक सर्वसाधारण घाइते भएको प्रहरी स्रोतले जनाएको छ । 

    इन्स्पेक्टरले आफ्नो ड्युटी सकेर पेस्तोल बुझाउने क्रममा दुर्घटनावश पड्किएर उनका बडिगार्ड प्रहरी जवान आशिष जैसवाल घाइते भएका हुन् । खुट्टामा चोट लागेका उनको एपिएफ अस्‍पतालमा उपचार भइरहेको र उनी खतरामुक्त रहेको बताइएको छ । 

    घट्नाको छानबिन गरी सत्यतथ्य जानकारी गराउन उपत्यका प्रहरी कार्यालयका एआइजी दिपक थापाले जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुुख एसएसपी भूपेन्द्र खत्रीलाई निर्देशन दिएका छन्। इन्स्पेक्टर श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij