काठमाडौं । आईसीसी मेन्स क्रिकेट वल्र्ड कप लिग–२ सिरिजको आज भएको खेलमा नेपालले नामिबियालाई १३३ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४१.१ ओभरमा अल आउट हुँदै १३२ रन बनाएको हो ।
खेलमा नेपालका लागि भिम सार्कीले सर्वाधिक ४४ रनको योगदान दिए । गुल्सन झाले २१, करण केसीले १६, कुशल मल्लले १५ र पवन सराफले खेलमा १२ रन लिए । अन्य खेलाडीले भने दोहोरो अंक बनाउन सकेनन् ।