लिग-२ सिरिजकाे लागि ताेकिएकाे टाेलीमा फेरबदल, अनिल र देव थपिए

लिग-२ सिरिजकाे लागि ताेकिएकाे टाेलीमा फेरबदल, अनिल र देव थपिए

बुधवार, फाल्गुण २ २०८०
बुधवार, फाल्गुण २ २०८०
  • लिग-२ सिरिजकाे लागि ताेकिएकाे टाेलीमा फेरबदल, अनिल र देव थपिए

    काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्स र नामिबियाविरूद्धको त्रिकोणात्मक सिरिजका लागि नेपाली टिममा दुई खेलाडी परिवर्तन गरेको छ । वैकल्पिकमा रहेका ब्याटरद्वय अनिलकुमार साह र देव खनाललाई समेट्दै क्यानले १५ सदस्यीय टिम घोषणा गरेको हाे ।

    क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा उत्कृष्ट ब्याटिङ गरेपछि क्यानले अनिल र देवलाई वैकल्पिकबाट राष्ट्रिय टिममा स्थान दिएको हो । अनिलले पछिल्लो दुई खेलमा क्रमश अर्धशतक र शतक प्रहार गरेका थिए । अन्तिम खेलमा ब्याटिङको पालो नपाएका देवले दोस्रो खेलमा अर्धशतक प्रहार गरेका थिए ।

    यसअघि टिममा रहेका बायाँ हाते तीव्र गतिका बलर रिजन ढकाल र विकेटकिपर अर्जुन साउद भने टिमबाट बाहिरिएका छन् । 

    नेपाली टिमः
    रोहितकुमार पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, अनिल साह, आरिफ सेख, पनव सर्राफ, भीम सार्की, देव खनाल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, ललितनारायण राजवंशी, सूर्य तामाङ

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij