दिल्लीका मुख्यमन्त्री केजरीवालले दिए पदबाट राजीनामा

दिल्लीका मुख्यमन्त्री केजरीवालले दिए पदबाट राजीनामा

मंगलवार, आश्विन १ २०८१
मंगलवार, आश्विन १ २०८१
  • दिल्लीका मुख्यमन्त्री केजरीवालले दिए पदबाट राजीनामा

    नयाँदिल्ली । भारतका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजीनामा दिएका छन् । भ्रष्टाचारको मामिलामा जमानतमा रिहा भएका केजरीवालले मंगलबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् ।  

    यस वर्ष राष्ट्रिय निर्वाचनमा मोदीसँग प्रतिस्पर्धा गर्ने विपक्षी गठबन्धनका प्रमुख नेता अरविन्द केजरीवाललाई मार्चमा उनको सरकारले मदिरा लाइसेन्स बाँडफाँटमा घुस लिएको आरोपमा हिरासतमा लिइएको थियो ।

    केजरीवालको पार्टीले उनको गिरफ्तारीलाई मोदीको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)ले बनाएको ‘राजनीतिक षड्यन्त्र’ भएको आरोप लगाएको थियो ।  सर्वोच्च अदालतले गत साता उनलाई आधिकारिक फाइलहरूमा हस्ताक्षर नगर्ने र मुख्यमन्त्री कार्यालय नजाने शर्तमा जमानत दिएको थियो । केजरीवालले आगामी वर्षको प्रारम्भमा हुने दिल्ली निर्वाचनमा जनताबाट नयाँ जनादेश खोज्नका लागि राजीनामा दिएको प्रतिक्रिया दिए ।  

    ल्लीकी शिक्षामन्त्री आतिशीले अन्तरिम रूपमा उनको स्थान लिनेछिन् । ४३ वर्षीया आतिशीले आफ्नो मनोनयनपछि अझै पनि मार्गदर्शनका लागि आफ्ना पूर्ववर्तीलाई हेर्ने बताइन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij