लिग–२ क्रिकेटमा आज नेपाल र क्यानडा भिड्दै

लिग–२ क्रिकेटमा आज नेपाल र क्यानडा भिड्दै

सोमवार, भाद्र ३१ २०८१
सोमवार, भाद्र ३१ २०८१
  • लिग–२ क्रिकेटमा आज नेपाल र क्यानडा भिड्दै

    काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत क्यानडा भ्रमणमा रहेको नेपालले आज घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दै छ ।  गत फेब्रुअरी अन्तिम साता नेदरल्यान्डसँग लिग–टु कै ओडीआईमा ८ विकेटले पराजित भएपछि नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न लागेको हो ।

    खेल नेपाली समय अनुसार आज राति पौने ८ बजे क्यानडाको ओन्टारियोमा शुरु हुनेछ । सात महिनापछि लामो फरम्याटमा मैदानमा उत्रन लागेको नेपालका लागि ओमान र क्यानडाविरुद्धको त्रिकोणात्मक सिरिज निकै महत्वपूर्ण छ । लिग–२ को पहिलो सिरिजमै घरेलु मैदानमा खराव प्रदर्शन गरेको नेपाललाई त्यो कमजोरी दोहोर्‍याने छुट छैन । 

    क्यानडापछि नेपाल स्कटल्यान्ड र अमेरिकासम्मिलित अर्को लिग टु सिरिजका लागि अमेरिका भ्रमणमा निस्कने छ । भारत र श्रीलंकामा गरेको तयारी, टी–२० विश्वकपमा दक्षिण अफ्रीका र बंगलादेशविरुद्ध गरेको शानदार प्रदर्शन तथा उच्च मनोबलसहित नेपाली राष्ट्रिय क्रिकेट टोली शतप्रतिशत नतिजा हात पार्ने लक्ष्यका साथ क्यानडा भ्रमणमा छ ।

    क्यानडामा नेपालले ओमान र घरेलु टोलीसँग डबल राउण्ड रोबिनका आधारमा त्रिकोणात्मक सिरिज खेल्नेछ । घरेलु सिरिजमा ४ मध्ये ३ खेल नेपालले गुमाएको छ । नेपालले दोस्रो खेल असोज २ गते ओमानसँग खेल्ने छ ।

    तेस्रो खेलमा असोज ६ गते क्यानडाको सामना गर्दा असोज ८ गते ओमानविरुद्ध प्रतिस्पर्धा गर्ने छ । ओडिआई सिरिज सकिएको २ दिन पछि तीनवटै टोलीले त्रिकोणात्मक टी–ट्वेन्टी आई सिरिज खेल्ने छन् । त्यसपछि नेपाली टोली अमेरिका प्रस्थान गर्ने छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij