तनहुँमा ३ सय २६ जना क्षयरोगीका बिरामी

तनहुँमा ३ सय २६ जना क्षयरोगीका बिरामी

बिहिवार, भाद्र २७ २०८१
बिहिवार, भाद्र २७ २०८१
  • तनहुँमा ३ सय २६ जना क्षयरोगीका बिरामी

    तनहुँ ।  जिल्लाका क्षयरोगका बिरामीलाई चिकित्सकको निगरानी(डट्स विधि)द्वारा औषधि सेवन गराइएको छ । दमौली अस्पतालका सिनियर अहेब अधिकृत दिनेश पण्डितका अनुसार एक सय २८  डट्स सेन्टरबाट क्षयरोगका बिरामीलाई निःशुल्क रुपमा उपलव्ध गराइएको छ ।   हाल जिल्लामा जिल्लामा तीन सय २६ जना क्षयरोगी छन् । उहाँले भन्नुभयो “डट्स विधि प्रभावकारी रहेकालाई यसलाई निरन्तरता दिँदै आइएको छ । जिल्लाका दशवटै पालिकामा क्षयरोगका बिरामी भेटिएका छन् । बिरामीले आफूलाई पायकपर्ने नजिकैको स्वास्थ्य संस्थामा गएर स्वास्थ्यकर्मीको निगरानीमा औषधि सेवन गर्ने छन् ।”

    स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार व्यासमा ९६, भानुमा ४२, म्याग्देमा १६, शुक्लागण्डकीमा २६, भिमादमा २६, घिरिङमा १६, ऋषिङमा ११ जना क्षयरोगी रहेका छन् । त्यस्तै देवघाटमा ३१, बन्दीपुरमा २६ र आँबुखैरेनी गाउँपालिकामा २२ जना क्षयरोगी रहेका छन् ।  उनका अनुसार गतवर्ष क्षयरोगबाट १४ जनाको मृत्यु भएको छ ।  ती मध्ये ६ महिला र आठ पुरुष रहेका छन् । 

    क्षयरोगका बिरामीका लागि जिल्लाका सबै स्वास्थ्य संस्थाबाट निःशुल्क रुपमा औषधि वितरण भइरहेको छ । निरन्तर रुपमा खोकी लाग्ने, ज्वरो आउने, टाउँको दुख्ने, वाकवाक लाग्नेलगायतका लक्षण देखिए क्षयरोग लागेको हुनसक्ने चिकित्सकहरु बताउँछन् । नियमित औषधि सेवन गरे क्षयरोगबाट बच्न सकिनेछ ।  सिनियर अहेब पण्डितले भने “उक्त लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा गएर स्वास्थ्य परीक्षण गराउनुपर्छ ।” 

    त्यसैगरी जिल्लामा दुईजना कुष्ठरोगका बिरामी  छन् । तनहुँ जिल्ला कुष्ठरोग नियन्त्रणतर्फ उन्मुख रहेको सिनियर अहेब अधिकृत पण्डितले बताए । दुई जनामा नयाँ कुष्ठरोगी देखापरे पनि पुराना कुष्ठरोगी नरहेको अस्पतालको तथ्याङ्कले देखाएको छ । कुष्ठ रोगी समाजमा खुल्न नचाहने भएकोले उपचारमा समस्या हुने गरेको दमौली अस्पतालले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij