अमेरिकामा विमानस्थलमै ठोक्किए दुईवटा डेल्टा विमान

अमेरिकामा विमानस्थलमै ठोक्किए दुईवटा डेल्टा विमान

बुधवार, भाद्र २६ २०८१
बुधवार, भाद्र २६ २०८१
  • अमेरिकामा विमानस्थलमै ठोक्किए दुईवटा डेल्टा विमान

    काठमाडौं । अमेरिकाको एटलान्टास्थित हार्ट्सफिल्ड–ज्याक्सन इन्टरनेसनल एयरपोर्टमा दुईवटा डेल्टा विमानहरु ठोक्किएका छन् । जसबाट एउटा विमानको टेलमा क्षति पुगेको छ ।  

    दुवै विमानहरु उड्ने तयारीमा थिए । यतिकैमा एउटा ठूलो विमान एयरबस ए३५० टोक्योका लागि उड्ने तयारीका क्रममा पखेटाले लुजियानाको लाफायेटे उड्नलागेको सीआरजे–९०० जेटको टेलमा छोइदिएको डेल्टाले वक्तव्यमा भनेको छ । 

    उक्त घटनापछि सानो विमानको टेल ९० डिग्रीमा ढल्किनपुगेको बताइएको छ । उक्त घटनामा कुनै पनि मानवीय प्रतिकूलता नभएको बताइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij