महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालको खेल तालिका सार्वजनिक

महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालको खेल तालिका सार्वजनिक

बुधवार, भाद्र २६ २०८१
बुधवार, भाद्र २६ २०८१
  • महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालको खेल तालिका सार्वजनिक

    काठमाडौं । यूएईमा आगामी नोभेम्बरमा हुने आईसीसी महिला यू-१९ टी २० विश्वकप एसिया छनोटको खेल तालिका सार्वजनिक भएको छ ।

    प्रतियोगितामा नेपाल, युएई, थाइल्यान्ड र कुवेतको सहभागीता रहनेछ ।

    डबल राउन्ड रोविनको आधारमा हुने प्रतियोगिता विजेता टोलीले सन् २०२५ को जनवरीमा मलेसियामा हुने वुमन्स यू-१९ टी–२० विश्वकप खेल्न पाउनेछ ।

    नेपालले ६ नोभेम्बरमा थाईल्यान्ड, ७ नोभेम्बरमा कुवेत र ९ नोभेम्बरमा युएईसँग खेल्नेछ । त्यस्तै १० नोभेम्बरमा थाईल्यान्ड, १२ नोभेम्बरमा कुवेत र १३ नोभेम्बरमा युएईसँग खेल्नेछ ।

    यसअघि सन् २०२२ मा पहिलो पटक भएको छनोटमा तेस्रो स्थानमा रहेर बाहिरिएको थियो । उक्त प्रतियोगितामा नेपाल युएईसँग ८ रनमा अल आउट भएको थियो।

    वुमन्स टी-२० विश्वकप एसिया छनोटमा नेपालको खेल तालिका सार्वजनिक

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij