भियतनाममा यागी चक्रवातका कारण ६५ को मृत्यु, ३९ बेपत्ता

भियतनाममा यागी चक्रवातका कारण ६५ को मृत्यु, ३९ बेपत्ता

मंगलवार, भाद्र २५ २०८१
मंगलवार, भाद्र २५ २०८१
  • भियतनाममा यागी चक्रवातका कारण ६५ को मृत्यु, ३९ बेपत्ता

    भियतनामको उत्तरी क्षेत्रमा सुपर टाइफुन यागीसँगै  आएको बाढी र पहिरोमा परी ६५ जनाको मृत्यु हुनुका साथै ३९ जना बेपत्ता भएको देशको कृषि तथा ग्रामीण विकास मन्त्रालयले जनाएको छ । 

    चक्रवातका कारण ७ सय ५२ जना घाइते भएको जनाइएको छ । मङ्गलबार लाओ काई र येन बाई प्रान्तको थाओ नदीको जलस्तरले सन् १९६८ र २००८  को ऐतिहासिक रेकर्डलाई पार गरेको स्थानीय समाचार माध्यमले जनाएको छ ।

    राजधानी हनोईले बुई र काउ नदीमा पानीको स्तर बढ्दो क्रममा रहेकाले उच्चतम चेतावनी जारी गरेको छ ।  

    हनोईको “रेड नदी” को बढ्दो जलस्तरले सोमबार देखि सहरका विभिन्न क्षेत्रहरूमा बाढी आएको भियतनाम समाचार समितिले जनाएको छ ।

    भियतनामी प्रधानमन्त्री फाम मिन्ह चिनले टाइफुनबाट प्रभावित पाँच प्रान्तलाई सहयोग गर्न सन् २०२४ को बजेटबाट १०० बिलियन भियतनामी डोङ वा (करिब चार मिलियन अमेरिकी डलर) छुट्याउने निर्णय गरेका छन् ।  
     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij