तेस्रो अभ्यास खेलमा नेपाल पराजित, ५ विकेटले श्रीलंका डेभलपमेन्ट विजयी

तेस्रो अभ्यास खेलमा नेपाल पराजित, ५ विकेटले श्रीलंका डेभलपमेन्ट विजयी

शुक्रवार, भाद्र २१ २०८१
शुक्रवार, भाद्र २१ २०८१
  • तेस्रो अभ्यास खेलमा नेपाल पराजित, ५ विकेटले श्रीलंका डेभलपमेन्ट विजयी

    काठमाडौं । नेपाल तेस्रो अभ्यास खेलमा श्रीलंका डेभलपमेन्टसँग ५ विकेटले पराजित भएको छ । जितका लागि पाएकाे १६० रनको लक्ष्य श्रीलंका डेभलपमेन्टले २६.५ ओभरमा ५ विकेट गुमाएर पुरा गरेकाे हाे । 

    खेलमा सोमपाल कामी र गुल्सन झाले २/२ विकेट लिँदा ललित राजवंशीको नाममा एक विकेट रह्यो ।

    यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४० ओभरमा १५९ रनमा अल आउट भएको थियो ।

    नेपालका लागि कुशल भुर्तेलले ५० बलमा सर्वाधिक ४३ रन बनाए । कुशल मल्लले ५५ बलमा ३५ रन बनाए । आरिफ शेख २०, कार्यवहाक कप्तान सोमपाल कामी २, गुलशन झा ५ रनमा आउट भए । यसैगरी आसिफ शेख डक, अनिल साह ३, सन्दीप जोरा ६ रनमा आउट भए ।

    श्रीलंका डेभलपमेन्टका लागि गरुका सन्खेतले चार विकेट लिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij