वर्षाका कारण श्रीलङ्कामा नेपालको दोस्रो अभ्यास खेल पनि रद्द

वर्षाका कारण श्रीलङ्कामा नेपालको दोस्रो अभ्यास खेल पनि रद्द

बुधवार, भाद्र १९ २०८१
बुधवार, भाद्र १९ २०८१
  • वर्षाका कारण श्रीलङ्कामा नेपालको दोस्रो अभ्यास खेल पनि रद्द

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली र श्रीलङ्का डेभलपमेन्ट स्क्वायडबीचको दोस्रो एकदिवसीय अभ्यास खेल पनि रद्द भएको छ । वर्षाका कारण नेपाल र श्रीलङ्का डेभलपमेन्ट स्क्वायडबीचको खेल टस पनि नभई रद्द भएको हो ।

    नेपाल र श्रीलङ्काली टोलीबीचको पहिलो अभ्यास खेल पनि वर्षाका कारण टस पनि नभई रद्द भएको थियो । नेपाल र श्रीलङ्काली टोलीबीचको तेस्रो तथा अन्तिम अभ्यास खेल पर्सि शुक्रवार हुने तालिका छ ।

    आईसीसी क्रिकेट विश्वकप लिग–२ को तयारीका लागि नेपाली टोली श्रीलङ्का गएको हो । लिग–२ मा नेपालले आउँदो सेप्टेम्बरमा क्यानडामा हुने त्रिदेशीय एकदिवसीय शृङ्खलामा घरेलु टोलीसँगै ओमानसँग खेल्नेछ । यसपछि नेपाली टोलीले आउँदो अक्टोबरमा अमेरिकामा हुने त्रिदेशीय एकदिवसीय शृङ्खलामा घरेलु टोलीसँगै स्कटल्यान्डसँग खेल्नेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij