विश्वकप लिग-२ अभ्यास : नेपालले श्रीलंकासँग पहिलो खेल आज खेल्ने

विश्वकप लिग-२ अभ्यास : नेपालले श्रीलंकासँग पहिलो खेल आज खेल्ने

मंगलवार, भाद्र १८ २०८१
मंगलवार, भाद्र १८ २०८१
  • विश्वकप लिग-२ अभ्यास : नेपालले श्रीलंकासँग पहिलो खेल आज खेल्ने

    काठमाडौं । आईसीसी विश्वकप लिग-२ को तयारीका लागि श्रीलंका पुगेको नेपाली टोलीले आज आफ्नो पहिलो खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले यसअघि सार्वजनिक गरेको खेल तालिकामा परिवर्तन भएको जनाउँदै आज पहिलो खेल खेल्ने बताएको हो । 

    नेपाल र श्रीलंका डेभलपमेन्टबीचको खेल विहान सवा १० बजे हुनेछ । यसअघि पहिलो एकदिवसीय खेल विहान साढे ९ बजे खेलाइने जनाइएको थियो । 

    नेपालले घरेलु श्रीलंकासँग दोस्रो ओडीआई भाेलि बुधवार खेल्नेछ । बिहीवार नेपालले अभ्यास खेल खेलेपछि शुक्रवार तेस्रो तथा अन्तिम ओडीआई खेल्ने तालिका छ । 

    नेपालले शनिवार अन्तिम अभ्यास खेल खेल्नेछ । यसअघि क्यानले श्रीलंका भ्रमणमा जाने टोलीले ३ ओटा अभ्यास र ३ ओटा एकदिवसीय खेल्ने जनाएको थियो । 

    पछिल्लो तालिकामा नेपालले २ ओटामात्र अभ्यास खेल खेल्नेछ । विश्वकप लिग–२ आगामी सेप्टेम्बरमा क्यानडामा हुनेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij