टी–२० विश्वकप खेलेका खेलाडीलाई जनही ३ लाख दिने क्यानको निर्णय

टी–२० विश्वकप खेलेका खेलाडीलाई जनही ३ लाख दिने क्यानको निर्णय

बिहिवार, भाद्र १३ २०८१
बिहिवार, भाद्र १३ २०८१
  • टी–२० विश्वकप खेलेका खेलाडीलाई जनही ३ लाख दिने क्यानको निर्णय

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले टी–२० विश्वकप खेलेका खेलाडीहरुलाई जनही ३ लाख रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ । क्यान बिहीबार बसेको कार्यसमितिको  बैठकले विश्वकपमा उत्कृष्ट प्रर्दशन गरेको भन्दै प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो ।

    यसअनुसार टिममा रहेका खेलाडीहरु र मुख्य प्रशिक्षकले जनही ३ लाख पाउनेछन् भने अरु सपोर्ट स्टाफले जनही १ लाख ५० हजार रुपैयाँ पाउने छन् । 

    क्यानले प्रदेशका खेलाडीहरुलाई पनि मासिक तलब दिने भएको छ । बैठकले हरेक प्रदेशका २ महिला र ३ पुरुष गरी ५ जना खेलाडीलाई मासिक १५ हजार तलब दिने निर्णय गरेको हो । खेलाडीहरुको पारिश्रमिक बापतको रकम प्रदेशहरुमा पठाइनेछ र प्रदेश क्रिकेट संघले खेलाडीहरुलाई सम्झौता गर्नेछ ।

    यो निर्णयअनुसार हुने सम्झौता सेप्टेम्बर १ देखि एक वर्षसम्म लागू हुनेछ । हाल राष्ट्रिय टिममा रहेका खेलाडीहरुलाई सेन्ट्र‍ल कन्ट्याक्ट गरिएको छ । ए ग्रेडमा रहेका खेलाडीहरुले मासिक एक लाख रुपैयाँ पाउने छन् ।

    पछिल्लो पटक हरेक प्रदेशबाट एक÷एक जनालाई समेत सेन्ट्राल कन्ट्याक्टमा राखिएको थियो ।

    can notice.jpg

    can notice 1.jpg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij