जापानमा भारी वर्षासँगै चक्रवात : उडान र रेल सेवा अवरुद्ध

जापानमा भारी वर्षासँगै चक्रवात : उडान र रेल सेवा अवरुद्ध

मंगलवार, भाद्र ११ २०८१
मंगलवार, भाद्र ११ २०८१
  • जापानमा भारी वर्षासँगै चक्रवात : उडान र रेल सेवा अवरुद्ध

    टोकियो । मङ्गलबार भारी वर्षासँगै आएको एउटा शक्तिशाली चक्रवात दक्षिणी जापानतर्फ अघि बढेसँगै देशको उडान र रेल सेवाहरू अवरुद्ध भएका छन्।  ‘टाइफुन सानसान’ प्रति घण्टा २१६ किलोमिटरको गतिले दक्षिणी अमामी द्वीप समूहतर्फ अघि बढिरहेको मौसम पूर्वानुमानकर्ताले बताएका छन् । 

    भारी वर्षाका कारण हामामात्सु र टोयोहाशीको मध्यशहरमा बुलेट रेल सेवा अवरुद्ध गरिएको थियो। जापान एयरलाइन्सले मङ्गलबार र बुधबार ११६ वटा आन्तरिक उडान र ६ वटा अन्तर्राष्ट्रिय उडानहरू रद्द गर्ने बताएको छ। 

    मध्य सिजुओका क्षेत्रमा भारी वर्षा र सम्भावित भूस्खलन र दक्षिणी अमामी क्षेत्रमा आँधीको चेतावनी दिँदै जापान मौसम विज्ञान विभागले त्यहाँका बासिन्दालाई सम्भावित खतरनाक ठाउँमा नबस्न आग्रह गरेको छ।

    ‘टाइफुन सानसान’ यस हप्ताको अन्त्यमा मुख्य दक्षिणी टापु क्युशुतर्फ लाग्ने अपेक्षा गरिएको छ। जापानमा आएको आँधीले यस महिना सयौं उडान र रेल सेवा अवरुद्ध गरेको छ। भारी वर्षाको बावजुद टाइफुन सानसानले टोकियो सहर पार गरी प्रशान्त तटतर्फ अघि बढेकाले सहरमा सामान्य क्षति पुगेको छ। 

    तटीयरेखाको नजिकमा रहेका क्षेत्रमा बारम्बार आँधी आइरहेको र जलवायु परिवर्तनका कारण यसको प्रभाव तीव्र र लामो समयसम्म रहने गत महिना जारी एक अध्ययनले जनाएको छ। 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij